प्रतिनिधिसभा बैठक बुधवार १ः०० बजेसम्म स्थगित

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ।अब बैठक बुधवार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको हो ।

 

सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अबरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।यस बिचमा पनि सहमति हुन नसके पछि बुधवार १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अबरोध भइरहेको  छ।