स्वतन्त्रताको खोजी : भीडभन्दा परको जीवन

मैले कहिल्यै चाहिनँ त्यो मुसाको दौडमा सामेल हुन। किनभने सानै उमेरदेखि मलाई थाहा थियो । जहाँ भीड हुन्छ, त्यहाँ म हुन्न । न त मान्छेको मन जित्ने चाहना थियो, न त चिल्लो बोलीले सजिएको व्यक्तिको संगत गर्नु ।
म चाहन्थेँ त्यो जीवन, जुन समाजले बनाएको आदर्शको सोचमा नअटाउने होस्।

जस्तो कि एक पुरोहितको घरमा, जो संसारलाई संस्कार र कर्मको ज्ञान दिन्छ, तर आफ्नै छोरीहरूको उपस्थितिमा असन्तुष्ट छ, किनभने उसलाई स्वर्ग जाने सपना पूरा गर्न छोरा चाहिएको छ।त्यसैबेला मलाई लाग्छ हामी कसैलाई पूर्ण रूपमा खुसी बनाउन सक्दैनौं। सधैं केहि न केहि कमी रहन्छ।तर हामी गर्न सक्छौं आफ्नो नैतिकताअनुसार जीवन जिउन।हामी गर्न सक्छौं आफ्ना लक्ष्यहरू पूरा गर्न, जुन सम्भव छन्।हामी गर्न सक्छौं जीवनलाई सिक्न, कमाउन, सिकाउन र दयालु बन्न।

अन्ततः सत्य त यही हो एक दिन हामी यो संसार छोड्नेछौं, हातमा केही नलिई। त्यसैले, त्यो दिन आउँदासम्म जिउ, र अरूलाई पनि जिउन देऊ।मानव र जनावर दुवैका लागि यो संसारलाई राम्रो बनाउने प्रयास गर।