नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि खुसीको खबर

विराटनगर ।नर्सिङ अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि महत्वपूर्ण र खुसीको खबर आएको छ। आगामी नोभेम्बर ३ तारिखमा सीईइ परीक्षा सञ्चालन हुने भएसंगै इन्डियन नर्सिङ काउन्सिलले नर्सिङ कार्यक्रमअन्तर्गत भर्नाको अन्तिम म्याद सन् २०२५ नोभेम्बर ३० तारिखसम्म थप गरेको छ।

 

यस निर्णयसँगै भारतका प्रतिष्ठित तथा शीर्ष विश्वविद्यालयहरूमा नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसरका रूपमा लिइएको छ। समयमै आवेदन प्रक्रिया पूरा गर्न सक्ने विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा र भविष्य सुनिश्चित गर्न सक्नेछन्।

भारतमा नर्सिङ अध्ययन, भर्ना प्रक्रिया, इन्टरभ्यु, आवास व्यवस्था लगायत सम्पूर्ण जानकारीका लागि इच्छुक विद्यार्थीहरूले पूर्वाञ्चल क्षेत्रको पहिलो रोजाइमा पर्न सफल भए शैक्षिक परामर्शदाता संस्था अचिभर्स कन्सल्टिङ सर्भिसेसमा परामर्श लिन सकिन्छ।