अमृत बेकरीको आउटलेट दुर्गा चौकमा शुरु

विराटनगर । अमृत बेकरीको रिटेल आउटलेट बिराटनगरको दुर्गा चौकमा शुरु भएको छ ।विगत १३ वर्षदेखि सञ्चालनमा रहेको बेकरीले आजदेखि आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ।

कोदो र फापर बिस्कुट , अण्डारहित बेकरी सामग्री, पाउरोटी, कुकिज र लाइभ केक अब सर्वसाधारणले प्रत्यक्ष रुपमा किन्न सक्नेछन् ।
अमृत बेकरीले धनकुटे बिस्कुट, रस्क बिस्कुट, ब्राउन ब्रेड र मल्टिग्रेन ब्रेडलगायत विभिन्न आईटम लामो वर्षदेखि बजारमा बिक्रि गर्दै आएको छ ।
१३ वर्षको मेहनतपछि उपभोक्ताको सेवामा सीधै पुग्न पाउँदा उत्साहित रहेको बताउँदै सञ्चालक बद्रीनाथ भारतीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने बताए