काठमाडौं । पछिल्लो एक सातामा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बुद्धनगरका ४५ वर्षीय आश्विन राउत र मुगुका गणेश नेपालीको वीर अस्पतालमा तथा सर्लाहीका विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो ।

तीनै जनाको शरीरमा गम्भीर जलन भएका कारण उपचारका क्रममा ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।स्वास्थ्य सेवा विभागका अनुसार देशभरका स्वास्थ्य संस्थामा हालसम्म ३७ हजार ४३८ जना जलनका बिरामी दर्ता भएका छन् ।
जलन उपचारका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव अझै गम्भीर चुनौती बनेको छ ।
