सुनसरीमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन

सुनसरी — सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत ४ नम्बर गणले चालु आर्थिक वर्षको पहिलो १० महिनामा पाँच करोड एक लाख ९७ हजार ४४५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, उक्त राजस्व सीमा क्षेत्रको निगरानी, तस्करी नियन्त्रण, चेकजाँच तथा सुरक्षासम्बन्धी अन्य गतिविधिबाट संकलन गरिएको हो। प्रहरीका अनुसार साउन महिनामा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख ५ हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मङ्सिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा ७१ लाख ६८ हजार २९८, माघमा ४० लाख ३२ हजार ६५५, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख १ हजार ३८७ र जेठ महिनामा ३५ लाख ६५ हजार ५५० रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

 

एसपी थापाले सीमा क्षेत्रमा सुरक्षा चुस्त राख्दै अवैध कारोबार नियन्त्रण गर्ने र राजस्व छली रोक्ने कार्यमा सशस्त्र प्रहरी सतर्क रहेको बताए। सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी तथा जाँच अभियानमार्फत स्थानीय स्तरमा सुरक्षा व्यवस्थामा योगदान दिँदै आएको छ। राजस्व संकलनसँगै सीमा सुरक्षामा देखिएको सक्रियताले जनविश्वास पनि बढेको जनाइएको छ।