
विराटनगर । जब जीवन कठिन लाग्छ, म रामाको कथा सम्झन्छु। त्यो कथा जसले मलाई कृतज्ञ बनाउँछ, जसले सम्झाउँछ कि संघर्षको गहिराइ कति भयावह हुन सक्छ।

मेरो हजुरआमा समाजले असामान्य अथवा गरीब वर्ग ठान्ने मानिसहरूलाई १३ कोठा भएको घरमा सस्तोमा भाडामा बस्न दिनुहुन्छ। उहाँको बोली त चर्को छ, तर मन सुनौलो। त्यही घरमा बस्ने एक महिला थिइन् रमा(परिवर्तित नाम) आंटी। दुई छोरीकी आमा, एक १४ वर्षकी र अर्की ६ वर्षकी।
एक दिन रामाआंटीले मलाई जुस र चकलेट डोनट दिइन्। हजुरआमाले खानू भनेर इशारा गर्नुभयो। घर फर्किएपछि मैले रमा आंटीको बारेमा सोधें। हजुरआमा झस्किनुभयो। धेरै आग्रहपछि भन्नुभयो “उनी रेस्टुरेन्टमा काम गर्छिन्।”
तर कथा त्यति सरल थिएन।
रमाआंटीको जीवन १३ वर्षदेखि संघर्षले भरिएको थियो। बाबुको मृत्युपछि उनले आमासँगै सानो होटल चलाउन थालिन्। एक दिन निर्माण ठेकेदारले उनलाई मजदुरीको अफर दिए रोजगारीको नाममा। त्यहीँ भेट भयो योगीसँग। प्रेम भयो, विश्वास भयो र विवाह पनि भयो।
तर त्यो विवाह दुःस्वप्न बन्यो।
योगीले उनलाई मुम्बई लगेर बेचिदिए। एक बन्द कोठामा आँखा खोल्दा उनले थाहा पाइन् उनी अब स्वतन्त्र थिइनन्। रोइन्, चिच्याइन् एक हप्ता सम्म केहि नखाई अस्पतालसम्म पुगिन् , केही समय पछि रमा गर्ववती भइन, उनिलाई गर्वपतन गर्न भने तर उनले बिन्ती गरेर बच्चा जन्माउने निर्णय गरिन्। रेस्टुरेन्टमा काम गर्न थालिन् केही समय भान्सामा र बच्चा जन्म दिएसी केही समय पछि ग्राहकको “सेवा” गर्न।
१० वर्षसम्म उनले शरीर बेचेर जीवन चलाइन्। आमालाई भेट्न आइन् नेपाल, झूट बोलेर आमालाइ मेरो जीवन राम्रो छ भनेर आश्वासन दिइन्, भारत फर्किएसी आमा लाई पनि पैसा पठाइदिन्थिन्। छोरीलाई ठूली भइन उसलाई पनि पढाउन थालिन्। जीवनमा फेरि एकपटक विश्वास गरेर अर्को पुरुषसँग बसिन्, दोस्रो छोरी जन्माइन् तर विवाह नगरी। उनका लागि विवाह अब विश्वासघातको पर्याय बनिसकेको थियो। जीवनको केही भर हुँदैन भन्थिए उनीले आफ्नो जेठी छोरी प्रेमीको साथमा भागिन् भने हल्ला सुनिन, रमाको जीवन फेरि एकपटक टुक्रियो। तर उनले कहिल्यै हार मानिनन्।
रामाको कथा हामीलाई सिकाउँछ जीवन कठिन छ, तर साहस अझ बलियो हुनुपर्छ। निर्णय सोचेर लिनु पर्छ, किनकि कहिलेकाहीँ एक गल्तीले पूरै भविष्य बदल्न सक्छ। तर, रामाले जस्तो जति चोट खाए पनि, फेरि उठ्न सकिन्छ।