
विराटनगर। नेपाली बजारमा तीन दशकको उपस्थिति बनाइसकेको किया मोटर्सले बिराटनगरमा नयाँ ‘किया सिग्नेचर शोरूम’ सञ्चालनमा ल्याएको छ। जसको सुरुवात अवसरमा पुराना गाडी साट्न मिल्ने ‘एक्सचेन्ज क्याम्प’ आयोजना गरिएको छ।

तीन दशकभन्दा बढी समयदेखि नेपाली सडकमा दौडिरहेका कियाका सवारीसाधनहरू अहिले इन्धन र विद्युतीय दुवै विकल्पमा विश्वबजारमा उच्च लोकप्रियता हासिल गरिरहेका छन्।शोरूमको प्रारम्भिक अवसरमा “किया एक्सचेन्ज क्याम्प” आयोजना गरिएको छ । असार १४ देखि १६ (जुन २८–३०) सम्म चल्ने साे क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना गाडी साटेर नयाँ किया गाडी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। साथै बुकिङ भएका गाडीहरूमा विशेष अफरहरू लागू हुनेछन्।
क्याम्पमा ग्राहकले कियाका २०२५ मोडलका फेसलिफ्टेड गाडीहरू जस्तै सेल्टोस, सोनेट र कारेन्सको टेस्ट ड्राइभ अनुभव गर्न सक्नेछन्। साथै, सहज फाइनान्सिङ सुविधा, बैंक तथा वित्तीय संस्थाको सहकार्य, र एक वर्षको फुल इन्स्योरेन्स तथा रोड ट्याक्स कम्पनीद्वारा नै बेहोर्ने व्यवस्था मिलाइएको छ । भिन्न विशेषता र अार्कषक माेडलमा चिनिएको किया सिग्नेचर शोरूम उद्घाटनकै क्रममा ५ वटा गाडी बुकिङ समेत भएको छ । साथै उद्घाटन समाराेहकै बिच उपकार श्रेष्ठ र अशाेक श्रेष्ठले २ वटा गाडी खरिद समेत गरेको शाेरुमले जनाएको छ ।
शोरूमको उद्घाटन समारोहमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज डिभिजनका असिस्टेन्ट जनरल म्यानेजर मन्जीत कुमार पोखरेल, सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने, र विराटनगर शोरूम म्यानेजर कुशल पोख्रेल लगायतको उपस्थिति रहेको थियो।