
बिराटनगर । बाल संस्कार तथा युवा जागृति केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) को १६औं वार्षिकोत्सव तथा दाता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगर ८ स्थित मन्दिरको सभा हलमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले गरेका थिए । कार्यक्रमको सभापतित्व मन्दिरका अध्यक्ष विनायक पन्तले गरेका थिए । कार्यक्रमको शुभारम्भ लाखबत्ती बालेर, नवग्रह पूजा गरी तथा संस्थापक स्वर्गीय मार्कण्डेय आचार्य स्मरण गर्दै गरिएको थियो । साथै, आठवटा देवताको पूजा तथा धार्मिक विधिअनुसार माला लगाएर कार्यक्रम आरम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर नागेश कोइरालाले मन्दिरले समाजको नयाँ पुस्तालाई आध्यत्मकको महत्व बुझाउन सकारात्मक भुमिका खेलेको बताउँदै मन्दिरको व्यवस्थापनमा महानगर सधै सहयोगी रहने बताए ।
कार्यक्रममा समाजमा बिशेष सामाजिक योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्दिरका तर्फबाट तिलक–इन्दिरा रिजाललाई विशेष सम्मानपत्र प्रदान गरियो । त्यसैगरी गोपाल प्रसाद ढकाल, सुशिला ढकाल र रमा ढुंगेललाई पनि सामुदायिक सेवामा योगदान पु¥याएकोमा सम्मान गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनायक कान्त पन्तले मन्दिरको समृद्धि र समुदायप्रतिको योगदानलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । मन्दिर समाज र सबै वर्गको साझा सम्पति भएकाले यसको संरक्षण र प्रर्वद्धनमा सबैले हातेमालो गर्न जरुरी रहेको पन्तको भनाइ थियो ।
कार्यक्रममा समाजसेवी प्रवीण जोशी, अरुण न्यौपाने, राजकुमार मण्डल लगायत स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।