
विराटनगर। भारतीय राज्य गोवामा पारुल युनिभर्सिटी अन्तर्गत गोवा क्याम्पसमा जनरल नर्सिङ एण्ड मिडवाइफरी (जीएनएम ) अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि नयाँ शैक्षिक अवसर खुलेको छ ।

विश्वविद्यालयले हालै आफ्नो गोवा क्याम्पसमा जीएनएम अध्ययनका लागि भर्ना खुला गरेको र विशेष गरी विदेशी तथा नेपाली विद्यार्थीलाई लक्षित गरी ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । छात्रवृत्तिपछि वार्षिक शुल्क केवल ८०,००० भारतीय रुपैयाँ मात्र पर्ने भएको छ ।
पारुल युनिभर्सिटीलाई भारतको राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद् (एन एए सी ) बाट उच्च स्तरको मान्यता प्राप्त छ, जसले यसको शैक्षिक गुणस्तरलाई उच्चस्तरीय बनाएको छ । गोवा राज्यलाई भारतकै सबैभन्दा सुन्दर र लोकप्रिय गन्तव्यमध्ये एक मानिन्छ । यस्तो वातावरणमा अध्ययन गर्नु केवल शैक्षिक ज्ञान मात्र नभई अन्तर्राष्ट्रिय सांस्कृतिक अनुभव पनि लिन सकिने अवसर हुने बताइएको छ ।
जीएनएममा अध्ययन पूरा गरेपछि विद्यार्थीहरूले अस्पताल, नर्सिङ होम, सामुदायिक स्वास्थ्य केन्द्रदेखि अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासम्म रोजगारीको उच्च सम्भावना पाउनेछन् । विश्वविद्यालयले प्रयोगात्मक सीप, प्राविधिक दक्षता र पेशागत योग्यतालाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
नेपालका इच्छुक विद्यार्थीहरूले यस कार्यक्रममा नाम दर्ता तथा विस्तृत जानकारीका लागि शिक्षा मन्त्रालय, नेपालद्वारा स्वीकृत एचिभार्स कन्सल्टिंगसँग सम्पर्क गर्न सक्नेछन् ।