
विराटनगर । कोसी प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारहरूले विराटनगरमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ।

संसदीय पत्रकारहरूले प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए। त्यही क्रममा नेपाल पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिहरूले परिसर बाहिर प्रदर्शन गरेपछि पत्रकार र प्रहरीबीच घम्साघम्सी भएको हो।
विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई सदनमा प्रस्तुत भएको हो। उक्त विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ।
नेपाल पत्रकार महासंघ कोसीका अध्यक्ष भरत खड्काले सो प्रावधानप्रति असहमति जनाउँदै सच्याउन माग गरेका छन्।