
सुनसरी । सुनसरीको इटहरीमा पहिलो पटक ‘आर्म रेस्लिङ किंग प्रतियोगिता’ सम्पन्न भएको छ। नेपाल तरुण दल इटहरी उपमहानगर समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा १५० भन्दा बढी युवाहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा आकाश अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। द्वितीय स्थान प्राप्त रोहन श्रेष्ठले ४० हजार रुपैयाँ र तृतीय स्थानका आयुष विक्रम शाहले २० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका हुन्।
प्रतियोगिताको उद्देश्य युवाहरूलाई खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्नुका साथै लागू औषध दुव्र्यसनबाट टाढा राख्नु रहेको आयोजक समितिका अध्यक्ष अनीश सुवेदीले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले युवाहरूलाई खेलकुद क्षेत्रतर्फ अघि बढ्न यस्तो कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने धारणा राखे।