विराटनगर । विश्वप्रसिद्ध प्रेरणादायी वक्ता बीके शिवानी दिदीको प्रेरणादायी कार्यक्रम शुक्रबार साँझ विराटनगरमा सम्पन्न भएको छ। विराटनगरको निजी क्षेत्रको संयोजनमा आयोजित उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्र, तह र वर्गका हजारौं विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवन सारडा तथा कार्यक्रम संयोजक उद्योगी महेश जाजुले बीके शिवानी दिदीलाई स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रमको आयोजना ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले गरेको हो। सुरुवातमा कार्यक्रम जैन भवनको प्राङ्गणमा गर्न तय गरिएको भए पनि, बिहीबार रातिदेखिको लगातार वर्षाका कारण स्थल परिवर्तन गरी होटेल मनासलु इनमा आयोजना गरिएको थियो।
विपरीत मौसमका कारण कार्यक्रम निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो, साँझ ६ बजे सुरु भई राति ८ बजेसम्म सञ्चालन भएको थियो।कार्यक्रममा हजारौं विराटनगरवासीको उपस्थितिका बीच, बीके शिवानी दिदीले आफ्नो प्रेरणादायी सम्बोधनमा मानव जीवनमासकारात्मक सोच विकासका लागि लोभ, मोह, रिस, तनाव र ईर्ष्या जस्ता नकारात्मक भावनालाई अरूले होइन, आफैंले नियन्त्रण गर्नुपर्ने आवश्यकता बताइन्।
उनले भनिन् ,“परिस्थितिले होइन, आफ्नो सोचले जीवन निर्धारण गर्छ। त्यसैले परिवर्तन बाहिर होइन, आफ्नै भित्रबाट सुरु गर्नुपर्छ।
