
सुनसरी । सुनसरी जिल्ला बर्जु गाउँपालिका–१ स्थित सुक्रबारेमा स्कोरपियोको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ। विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको स्कोरपियोले सुक्रबारेकै २५ वर्षीय दीपचन ठाकुरलाई ठक्कर दिएको हो। ठाकुर बिहानको समयमा साइकलयात्रा गर्दै थिए। ठक्कर अत्यन्तै तीव्र गतिमा आइपुगेको स्कोरपियोले दिँदा उनी गम्भीर घाइते भएका थिए।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई तत्काल विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, गम्भीर चोटका कारण उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
स्कोरपियोको नम्बर हालसम्म खुल्न सकेको छैन भने चालक भने घटनापछि फरार रहेको छ।प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बताएको छ। मृतक ठाकुरको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरी स्रोतले जनाएको छ।