इलाम।इलामको सन्दकपुर गाउँपालिका पूर्वी नेपालको अद्वितीय प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको क्षेत्रका रूपमा पछिल्ला वर्षहरूमा पर्यटनको नयाँ केन्द्र बन्दै गएको छ। यही सम्भावनालाई उजागर गर्दै यहाँ तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना गरिएको छ, जसले रेड पाण्डा जस्तो विश्वमै दुर्लभ वन्यजन्तुको संरक्षणसँगै स्थानीय पर्यटन व्यवसाय, सामाजिक संरचना र सांस्कृतिक पहिचानलाई एकैसाथ अघि बढाउने प्रयास गरेको छ। […]
